रेडक्रस सोसाइटी शिवपुरी उपशाखाद्वारा अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग
नुवाकोट,असार १ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी शिवपुरी उपशाखाले शिवपुरी आधारभूत अस्पताल र समुन्द्रटार स्वास्थ्य चौकी तथा कोभिड आइसोलेशनलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
रेडक्रस सोसाइटी शिवपुरी उपशाखाका अध्यक्ष भिमसेन खड्का, सचिव हरिप्रसाद सिटौला,सदस्य केशब रिजाल, तथा रेडक्रस सोसाइटी नुवाकोट जिल्ला प्रतिनिधि गोविन्द थपलिया लगायतको समूहले उक्त स्वास्थ्य सामग्री वितरण गरिएको हो।
मंगलबार शिवपुरीमा गाउँपालिका अध्यक्ष रामकृष्ण थापा तथा समुन्द्रटार स्वास्थ्य संयोजक रामकुमार थापालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी शिवपुरी उपशाखाले जनाएको छ ।
सहयोग स्वरुप प्राप्त स्वास्थ्य सामग्रीमा ३ थान अक्सिजन सिलिन्डर ,सर्जिकल माक्स ५ सय थान, पञ्जा १०० थान, एन९५ माक्स ५०, पिपिई सेट ५० थान,फेससिल्ड ५० थान, सेनिटाइजर ५ लिटर रहेको छ । त्यस्तै शिवपुरी गाउँपालिका भित्रका प्रत्येक प्रहरी चौकी तथा आर्मी ब्यारेकलाई ३०० थान माक्स वितरण गरेको उपशाखाले जनाएको छ ।