नेपाल वायुसेवा निगमद्वारा पर्यटनमन्त्री अरगरियाको सम्मान



काठमाडौं,असार १ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाको सम्मानमा नेपाल वायुसेवा निगममा स्वागत कार्यक्रम आयोजना गरिएको छ ।

उक्त अवसरमा मन्त्री अरगरियाले निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पु¥याउन निगम पदाधिकारीलाई निर्देशन दिए । निगमले कोरोना महामारीमा आफ्नो जिम्मेवारी पूरा गरेको बताउँदै मन्त्री अरगरियारले अझ दरिलो कार्ययोजनासहित अघि बढ्नका लागि तत्कालै योजना बनाएर गुमेको बजार पुनः प्राप्त गर्न सक्नुपर्ने आवश्यकता औंल्याए । उनले निगम नाफामूलक मात्र नभई सेवामूलकसमेत रहेकाले सरकारका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाए ।

मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ परिप्रेक्ष्यमा निगमलाई ठोस कार्ययोजनासहित अगािड बढाउनुपर्नेमा जोड दिए । संस्थालाई नयाँ मोडलमा लैजाने सम्बन्धमा विभिन्न विकल्पबारे अध्ययन भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा महाप्रबन्धक डिमप्रसाद पौडेलले पर्यटनमन्त्री अरगरियालाई निगमको विगत गतिविधिबारे प्रकाश पार्दै भविष्यका कार्ययोजनाबारे अवगत गराए ।

निगमलाई तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रीय कम्पनीको रूपमा सक्रिय र सक्षम बनाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

महाप्रबन्धक पौडेलले विश्वको झन्डै आधा जनसंख्याका भारत र चीन निगमका लागि राम्रो बजार रहेका एवं वैदशिक रोजगारीमा जाने पनि पर्याप्त मात्रामा भएकाले निगमले क्षेत्रीय विमान कम्पनीकै रूपमा लगानीको प्रतिफल लिन सक्ने धारणा व्यक्त गरे । उनले एयरबसको उडान घन्टाको उपयोग अन्तर्राष्ट्रिय स्तरमै कायम राख्न सकिएको बताए । भविष्यमा प्रयोगमा आउने भैरहवा र पोखराको विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवाबापतको राजस्वमा  ५ वर्षका लागि छुट गराउन र सरकारी कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा निगमको विमान प्रयोग गर्नुपर्ने प्रावधान राख्न मन्त्री अरगरियासमक्ष आग्रह गरे । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्