नेपालमा थप २९१८ जनामा कोरोना संक्रमण, ५३ जनाको मृत्यु
काठमाडौ,जेठ ३१ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।