सर्पको टोकाइबाट एकको मृत्यु



कञ्चनपुर,जेठ ३१ । जिल्लामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ।

आइतबार दोधारा चाँदनी नगरपालिका–८ का ४९ वर्षीय दुर्गा बहादुर थापालाई खेतमा धान रोपिरहेको बेला करेत सर्पले डसेको थियो। त्यसपछि उनलाई उपचारको लागि महाकाली अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्