रुखबाट खसेर गोरखाका १० वर्षीय बालकको ज्यान गयो
गोरखा,जेठ २९ । जिल्लामा रुखबाट खसेर एक १० वर्षीय बालकको ज्यान गएको छ। जिल्लाको धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर ज्यान गएको हो ।
शुक्रबार साँझ घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको सोहीबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार रुखबाट खसेर गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । घटनालगत्तै उद्धार गरी स्थानीय गाउँघर क्लिनिकमा उपचारपछि घाइते बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। बालकको रुखबाट खसेर करिब १५ फिट तल खसेका थिए ।