नयाँ दल दर्ता गर्दै ठाकुर–महतो



काठमाडौं, जेठ २९। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो ।

जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा०बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका तर्फबाट कार्यकारिणी समितिमा रहेका नवलकिशोर साह, रामनरेश यादव, महेन्द्रराय यादव, रमेश यादव, मृगेन्द्रकुमार सिंह यादव र गजाधर यादवले अन्तिम समय ठाकुर र महतोको साथ छोडेका छन् ।

जसपा नेताका अनुसार ठाकुर समूह अल्पमतमा परेपछि नयाँ दल दर्ता तयारीमा छ । ‘कार्यकारिणी समितिमा अल्मतमा परेपछि ठाकुर र महतोजीहरू नयाँ दल दर्ताका लागि आन्तरिक तयारीमा हुनुहुन्छ,’ जसपा स्रोतले भन्यो ।

उपप्रधामन्त्रीसमेत रहेका महतोनिकट साह प्रदेश २ मा सामाजिक विकासमन्त्री छन् । महेन्द्रनिकट रामनरेश पनि प्रदेश २ मा वन तथा वातावरणमन्त्री छन् । त्यस्तै, महेन्द्रनिकटका रमेश जसपा उपेन्द्र यादव समूहमा पुगेका छन् । संघीय सरकारमा उद्योग तथा वाणिज्यमन्त्रीमा नियुक्त राजकिशोर यादवनिकट गजाधर उपेन्द्र समूहमा गएका छन् ।

स्रोतअनुसार राजपाबाट कार्यकारिणी समितिमा रहेका ६ नेता उपेन्द्र समूहमा पुगेपछि ठाकुर र महतो समूह अल्पमतमा परेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा ‘सहभागी हुने कि नहुने?’ विवादले पार्टीभित्र चर्को बहस भएको थियो । तर, ठाकुर र महतो समूह सरकारमा सहभागी भएपछि पार्टी पनि विभाजन भएको छ ।

विवाद चर्किंदै गएपछि एकअर्कालाई स्पष्टीकरण सोधेर अनुशासन कारबाहीसमेत गरियो । गत १८ जेठमा उपेन्द्र समूहले ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल र सोही दिन उपेन्द्रलाई समेत ठाकुर समूहले कारबाही ग¥यो । दुवै समूहले एकअर्कालाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेर निर्वाचन आयोगलाई पार्टी अभिलेख अद्यावधिक गर्न माग गर्दै निवेदन दिएका थिए ।

गत १९ जेठमा आयोगले दुवै निवेदन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ ९पहिलो संशोधन०अनुरूप नभएपछि बदर गर्दै अनुसूची १८ बमोजिमको फारामसमेत भरेर पठाउन भन्दै पत्राचार गरेको थियो । तर, ठाकुर समूहले सोबमोजिम निवेदन पेस गर्न सकेको छैन ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्