एमाले विवादः गौतमको मध्यमार्गी प्रस्ताव



काठमाडौं, जेठ २६ । एमाले उपाध्यक्ष एवं पार्टी एकता अभियान संयोजक वामदेव गौतमले ‘मध्यमार्गी प्रस्ताव’ अघि सारेका छन् । २ जेठ २०७५ मा कायम पार्टी स्थायी कमिटी बैठक बोलाएर विवाद समाधानका लागि छलफल गर्नुपर्ने प्रस्ताव गौतमले गरेका हुन् ।

गौतमले २ जेठमा कायम एमाले दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीस“ग आग्रह गरेका छन् ।

ओलीले एकताका लागि ६ बुँदे प्रस्ताव प्रस्तुत गरेपछि बसेको पार्टी एकता राष्ट्रिय अभियान कार्यसम्पादन समिति बैठकले ‘ओली प्रस्तावलाई पार्टी एकताको इमानदार प्रयास मान्न नसकिने निष्कर्ष निकालेको’ गौतमले जनाएका छन् ।

ओली प्रस्तावमा ‘कुटिल चातुर्यता र जालझेल अनुमान गर्न सकिने भाषाशैली’ प्रयोग गरिएको निष्कर्ष गौतमको छ । ओलीले पार्टी कमिटीलाई निःसर्त ३ जेठ २०७५ पूर्वावस्थामा फर्काउन तयार नभएको भन्दै ‘एकताको इमान्दार प्रयास मान्न नसकिने’ गौतमले मंगलबार विज्ञप्तिमार्फत जनाएका छन् ।

गौतमले एमालेलाई ३ जेठ २०७५ पूर्वावस्थाबाट अघि बढाउन तयार हुनु ‘सकारात्मक भए पनि एकता पक्षमा उभिएकालाई आधार मानेर केन्द्रीय र स्थायी कमिटी संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउन नहुने’ उल्लेख गरेका छन् ।

‘जनवर्गीय संगठन संरचना सम्बन्धमा मूलभूत रूपमा भन्नुको अर्थ ३ जेठ २०७५ पूर्वको जस्ताको तस्तै अवस्था अस्वीकार गर्न पनि सकिन्छ भन्ने हो, जसलाई इमानदार एकताको प्रयत्न मान्न सकिन्न,’ गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र पूर्वमहासचिव माधवकुमार नेपालबीचको विवादका कारण पार्टी विभाजन हुने भएपछि दोस्रो तहका नेता एकताका लागि छलफलमा समेत जुटेका छन् ।

ओली र नेपाल समूह नेताले मंगलबार ललितपुर समिट होटेलमा छलफल गरेका छन् । दुवै समूहबाट सहभागी दोस्रो तहका नेताले ‘एकता कसरी जोगाउन सकिन्छ रु’ भन्ने विषयकेन्द्रित छलफल गरेका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्