नुवाकोटमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि



नुवाकोट,जेठ २५ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९ जनाको पिसिआर परिक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार २९ पुगेको हो । यससँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एकहजार ६४ पुगेको छ ।

आज भेटिएका संक्रमितमध्ये विदुर नगरपालिकाका २० जना, किस्पाङ गाउँपालिकाका १० जना र दुप्चेश्वर गाउँपालिकाका ६ जना रहेका छन् ।

यस्तै बेलकोटगढी नगरपालिका,ककनी गाउँपालिका र तादी गाउँपालिकाका सामान ५÷५ जनामा कोरोनजा संक्रमण पुष्टि भएको छ । त्यस्तै तारकेश्वर गाउँपालिकामा ४ जना र सुर्यगढी गाउँपालिकामा एकजना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार ९ सय २८ पुगेको छ ।

नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म २९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा हालसम्म १७ हजार ७ सय ६९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्