नुवाकोट दुप्चेश्वरलाई यशोदादेवी भगवानसिंह केसी ट्रस्टद्वारा स्वास्थ्यसामग्री हस्तान्तरण
नुवाकोट जेठ २५ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुलााई यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले कोभिड उपचारका लागि आवस्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
ट्रस्टले अक्सिजन कन्सन्ट्रेटर ३ स्थान, N-95 मास्क, ५/५ स्थान पीपी हस्तान्तरण गरेको ट्रस्टका महासचिव एवं नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए । स्वास्थ्य सामग्री संस्थाका अध्यक्ष डा केदारनरसिंह केसीले हस्तान्तरण गरेका हुन् । सामग्रीहरु समुन्द्रटार हेल्थपोस्ट, राउतबेंसी हेल्थ पोस्ट, घ्याङ्फेदी हेल्थ पोस्टहरुका लागि दुप्चेश्वर गाउँपालिका प्रतिनिधिमार्फत हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीलेलगायतको उपस्थिति थियो ।