नुवाकोट ककनीका एक पुरुषसहित थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु
नुवाकोट,जेठ २३ । जिल्लामा ककनी गाउँपालिकाका एक पुरुषसहित थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ।
आइतबार मृत्यु हुने संक्रमितमा जिल्लास्थित त्रिशुली अस्पतालमा उपचाररत बिरामी रहेको त्रिशुली अस्पतालको जनाएको छ।
आज मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षिय पुरुष र विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका ३२ वर्षिय महिला रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।