नुवाकोट लिखु गाउँपालिकालाई ज्वय फाउन्डेसनको स्वास्थ्य सामग्री सहयोग
नुवाकोट, जेठ २२ । ज्वय फाउन्डेसन नेपालले नुवाकोटको लिखु गाउँपालिकालाई १० थान डिजिटल अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ।
उक्त फाउन्डेसनले लिखु गाउँपालिकालाई करिब २२ लाख बराबरको ९ लिटर क्षमताको १० थान डिजिटल अक्सिजन कन्सनट्रेटर मेसिन प्रदान गरेको बताइएको छ। शनिबार एक कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष राजु श्रेष्ठले गाउँपालिकालाई उक्त सामग्रीहरु वितरण गर्नुभएको हो ।
आफ्नो जन्मथलो प्रती उत्तरदायी हुँदै लिखु र आसपासका नागरिकहरु लाई कोरोना महामारीबाट बचाउने उदेश्यले सहयोग गर्नु भएकोमा राजु श्रेष्ठ र फाउन्डेसन गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन् ।
फाउन्डेसनले विगतका दिनमामा पनि नुवाकोटमा मानवीय तथा सामाजिक सेवामा उल्लेखनीय योगदान गर्दै आइरहेको छ ।