फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम अझै घाटामा
काठमाण्डौ,जेठ २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन वृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
मूल्य वृद्धिसंगै पेट्रोल १२५, डिजल र मट्टितेल समान १०८ तथा हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो । भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।
यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ ।