विवादस्पद अभिव्यक्ती दिएको भन्दै महतोको सर्बत्र बिरोध



काठमाडौँ,जेठ २२ । शुक्रबार मात्रै नेपाल सरकारका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोले विवादास्पद अभिव्यक्ति दिएका छन् । शुक्रबार महतोले आफ्नो बहुल राष्ट्रिय राज्य स्थापनाको लागि तयारी गर्ने काम अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग सम्बोधन गर्दै जानकारी लागि सरकारमा सहभागी भएको बताएका थिए ।

मन्त्री नियुक्त भएसँगै देश टुक्राउने अभिव्यक्ति दिएका महतोले शनिबार जसपाको कार्यालयमा भएको कार्यक्रममा पनि नेपाल टुक्र्याउने अभिव्यक्ति फेरि दिएका हुन् ।

महतोले पुनः नेपाल एकल राज्य नभएर बहुल राज्य हुनुपर्ने बताए । सबै समुदायलाई समेट्न यस्तो हुनुपर्ने उनको दावी छ ।

यद्यपि त्यो अभिव्यक्ति अर्थ के हो भन्नेबारे उनले खुलाएनन् । महत्तोले देश टुक्र्याउने अभिव्यक्ति दिएको भनेर सर्बत्र आलोचना समेत सुरु भएको छ । नेकपा एमालेका कतिपय नेताहरुले राजेन्द्रको प्रतिवादमा उत्रेका छन् ।सत्तारुढ दल एमाले भित्रकै वरिष्ठ नेता वामदेव गौतमले महतोको सो अभिव्यक्ति संविधानविपरीत रहेको भन्दै कडा आपत्ति गरेका छन् ।

गौतमले शनिबार सामाजिक संञ्जालमार्फत भनेका छन, ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा आफू अत्यन्तै दुःखी भएको छु । त्यस्तै एमालेकै प्रभाबशाली नेता गोकर्ण बिष्ट्रले उपप्रधानमन्त्री महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको टिप्पणी गरेका छन। महतोको अभिब्यक्तीको बिरोधमा अहिले सामाजिक संजाल फेसबुक समेत तातेको छ।

प्रतिक्रिया दिनुहोस्