धानको बिउ राख्दै हुनुहुन्छ? यसरी राख्नुहोस धुले बिउ
नुवाकोट,जेठ २१ । आजभोलि धानको बिउ राख्ने समय सुरु भएको छ। किसानहरुले धानको बिउ राख्ने तयारी धेरै जसोले गरिसकेका छन् ।
पछिल्लो समय वर्षातसंगै पर्याप्त सिचाइ भएकाले धानको बिउ राख्न किसानहरु ब्यस्त भएका हुन। नुवाकोटमा धेरै जसो क्षेत्रमा धानको धुले बिउ राख्ने गरिएको किसानहरुले बताउदै आएका छन् । छरिएको बिउ राम्रोसँग उमार्न कसरी व्यवस्थापन गर्ने त? यससम्बन्धि टिप्स यहाँ प्रस्तुत गरिन्छ:-
धुले बिउ राख्ने तरिका –
– जहाँ सिचाइको सुविधा हुँदैन् र आकाशको पानीमा निर्भर पर्नु पर्दछ त्यस्तो ठाउमा धुले बीउ राख्ने चलन हुन्छ ।
– बिउको मात्रा-५० केजी प्रति ५०० बर्ग मिटर क्षेत्रफल को लागि , जस्ले १ हेक्टर को लागि रोप्न पुग्दछ ।( १ हेक्टर बराबर २० रोपनी हुन्छ।)
– माटोलाई एकनास को हुने गरि जोत्ने । बिउ राख्ने नर्सरी को जमीनलाई १-२५ मिटर चौडाइ हुने गरि बाड्नु पर्छ । र लम्बाइ चाहिँ आवश्यकता अनुसार बनाउने ।
– सामान्यतया ८-१० मिटर गर्न सकिन्छ । जसले गर्दा बिउ छर्न, रासायनिक पदार्थ राख्न, सिचाइ आदिको लागि सजिलो हुन्छ । ( बीउ छरेको २/१० दिन सम्म १ केजी एमोनिअएम सल्फेट अथवा ५ केजी युरिया लाई प्रत्येक १०० बर्ग मिटरमा टप ड्रेसिङ छर्नु पर्दछ ।
– यदि नाइट्रोजनको कमि महशुस भएको खण्ड मा ०.३/०.६ केजी युरियालाई प्रत्येक १०० बर्ग मिटरमा टप ड्रेसिङ गर्नु पर्दछ ।
– यदि जिन्कको कमि देखिएमा २ पटक जिन्क सल्फेट ९ १ हेक्टरको लागि ५ केजी जिन्क सल्फेट र २.५ केजी क्याल्सियम हाइड्रोअक्साइड
– १००० लिटर पानीमा घोलेर स्प्रे गर्न सकिन्छ । ० बीउ छरेको पहिलोपटक दस दिन पछि र दोस्रोपटक २० दिन पछी प्रयोग गर्ने सकिन्छ ।
– बीउ छरिसकेपछि हलुका मात्रामा माटोले पुर्नु पर्दछ। जसले गर्दा बीउ किरा तथा चराले खानबाट बचाउन सकिन्छ ।
– नर्सरीमा बीउ छरेको २०-२५ दिनपछि रोप्नको लागि तयार हुन्छ। बिउ काड्ने बेलामा ३-५ दिन पहिला सिचाइ दिनुपर्छ जस्ले गर्दा बीउ काढ्न सजिलो हुन्छ र बिरुवाको नोक्सानी कम हुन्छ ।
– सामान्यतया लगाएको बिउ जति काढेर धेरै दिन सम्म राखेको प्रयोग गर्ने गरिन्छ तर त्यो भन्दा काढेको २४ घन्टा भित्र नै रोप्नुपर्दछ।