कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु
काठमाडौं, जेठ २१ । नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७७ सय ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टा समयावधिमा देशभर ६ हजार ६ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ । आज ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ७६ हजार १ सय ३० जना संक्रमणमुक्त भएका स्वास्थ्य छन् ।
आज २० हजार ८ सय १३ कुल परीक्षणमा पिसीआर विधिबाट १४ हजार १८२ र एन्टिजेन बिधिबाट ६६ सय ३१ संक्रमण पुष्टि भएको हो ।