सिन्धुपाल्चोकमा निषेधाज्ञा जेठ मसान्तसम्म थपियो



सिन्धुपाल्चोक,जेठ २१ । जिल्लामा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । केन्द्रले जिल्ला बाहिरबाट आउने सर्वसाधरणलाई अनिवार्य क्वारेन्टाइनमा बस्न पनि निर्देशन दिएको छ ।

जिल्लाका १२ वटै स्थानीय तहमा संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएको हो । यस अवधिमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्