किरियामा बसेका दम्पतीको आगलागीबाट मृत्यु
सङ्खुवासभा जेठ २१ । किरियामा बसेका दम्पतीको आगलागीबाट मृत्यु भएको छ। सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा किरियापुत्री बसेका दुई दम्पतीको आगलागीमा परेर मृत्यु भएको हो ।
गए बिहीबार राति आगलागीमा परेर मृत्यु भएका किरियापुत्रीहरुमा ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहाल रहेका छन् ।
सात दिनअघि बितेका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहालले जानकारी दिए । हालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो ।आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ।