पत्रकार थपलियाको पहलमा शिवपुरी अस्पताललाई अक्सिजन कन्सनटेटरसहित स्वास्थ्य सामग्री सहयोग
नुवाकोट , जेठ २० । शिवपुरी गाउँपालिकाको आधारभूत अस्पताललाई पत्रकार रबिन थपलियाको पहलमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ। काठमाडौंको बुढानिलकण्ठमा रहेको बोधिसत्वा विहारको सहयोगमा अस्पतालका लागि आवश्यक ३ थान अक्सिजन कन्सनटेटर सहित २ लाख रुपयाँ बराबरको कोभिड रोकथाम तथा उपचार सामग्री सहयोग गरिएको हो ।
शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष समेत रहेका पत्रकार थपलियाको पहलमा उपलब्ध सो स्वास्थ्य सामग्री बिहीबार गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं ६ का अध्यक्ष लालबहादुर तामाङ, शिवपुरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उद्धब कार्की, कर्मचारीहरु, शिवपुरी सामुदायिक महासंघका अध्यक्ष हरि दुलाल लगायतको उपस्थितिमा प्रदान गरिएको हो।
हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर ३ थान, पिपीई ५० पिस, थर्मल गन १ थान, पल्स अक्सीमिटर १ थान, केएन माक्स ५० पिस, सर्जीकल माक्स २ सय पिस, सर्जिकल ग्लोभ्स ५० पिस, टप ग्लोभस २०० पिस, हायल्ड वास २० लिटर, सेनिटाइजर २० थान, फिनेल २० लिटर, हापीक १० लिटर, फेस सिल्ड ५० थान, चस्मा ५० थान, ग्लुकोमिटर १ पिस, स्पाइरो क्लायन १ पिस रहेको छ ।