मध्यपहाडी राजमार्ग अन्तर्गत छहरे-बुढिसेरा धमाधम कालोपत्रे, जग्गाको भाउ आकाशियो



नुवाकोट,जेठ २०। राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत नुवाकोटको छहरे-बुढिसेरा सडक खण्डमा कालोपत्रे धमाधम सुरु भएको छ । जिल्लाको छहरे बुढिसेरा हुँदै शिवपुरी गाउँपालिका खण्डमा धौलागिरी निर्माण कम्पनीले छहरेदेखि कालोपत्रेको काम आरम्भ गरेको मध्यपहाडी सडक खण्डका सुपरभाइजर हरी सिटौलाले बताए ।

मध्यपहाडी राजमार्ग साविकको सुनखानी–भद्रुटार सडकखण्ड हुँदै दुई लेनको सडक पिच विस्तार सुरु गरिएपछि बर्खामा हिलो र हिउँदयाममा धुलोको समस्याबाट आजित बनेका यस क्षेत्रका बासिन्दा कालोपत्रेको काम सुरु भएसँगै खुशी भएका छन् ।

कालोपत्रे थालनीपछि लिखु छहरे-शिवपुरीका नागरिकसहित राजमार्ग भएर यात्रा गर्ने जिल्लाको पूर्वी क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

सडक कालोपत्रे सुरु भएसंगै यस क्षेत्रका जग्गाको मूल्य समेत ह्वात्तै वृद्धि भएको स्थानीयहरु बताउँछन् । सडक स्तरोन्नति पूर्व प्रति आना ६/७ लाखमा कारोबार भैरहेको जग्गा डबल मूल्यमा आकाशिएको स्थानीय जग्गा व्यवसायीहरु बताउँछन् ।

लकडाउनमा समेत बुढिसेरा क्षेत्रमा सडक निर्माण कार्यले तिव्रता पाएको छ

प्रतिक्रिया दिनुहोस्