उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो



काठमाडौ,जेठ १९ । उपत्यकामा जेठ मसान्त सम्म निषेधाज्ञा थपिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । यससंगै आगामी जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुनेछ ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिईने छ । यसै गरी सार्वजनिक निर्माणलाई खुल्ला गरिनेछ। निर्माण सामग्री रातको समयमा ढुवानी गर्न पाईने छ ।

प्रतिक्रिया दिनुहोस्