नेपाली काङ्ग्रेस नुवाकोटले ल्यायो २२ बेडको अक्सिजनसहितको आइसोलेशन संचालनमा
नुवाकोट,जेठ १७ । नेपाली काङ्ग्रेस नुवाकोटले २२ बेडको अक्सिजनसहितको आइसोलेशन संचालनमा ल्याएको छ।
नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले सोमबार एक बिज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएका हुन ।
आइसोलेशन नेपाली काङ्ग्रेसको जिल्लास्थित पार्टी कार्यालयमा संचालनमा ल्याइएको हो। महामारीको यस संकटको घडीमा आइसोलेशन निर्माणका लागि सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिदै सभापति केसीले महामारीसंग सबै एकजुट भइ लड्न आव्हान गरेका छ्न।
नेपाली काङ्ग्रेस नुवाकोटले थप १४ वटा अक्सिजन कन्सनटेटर चीनबाट झिकाउने र कोभिड वार्ड संचालनमा ल्याइने बताइएको छ।
हेर्नुस् बिज्ञप्ती:-
मिति ः २०७८ ।०२ ।१७
प्रेस बिज्ञप्ती
अहिले सिंगो बिश्व कोरोना संक्रमणका कारण आक्रान्त छ । नेपालमा कोरोना संक्रमणका कारण अत्यन्त संकटपूर्ण अवस्था सिर्जना भईसकेको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि राज्यले चालेका कदमहरु प्रभावकारी हुन नसक्दा नागरिकहरु आईसियु, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्युवरण गर्नुपर्ने दुःखद बाध्यताबाट गुज्रिरहेका छन् । यस्तो बिषम परिस्थितीमा राज्यको मात्र भर पर्दा झनै बिषम परिस्थिती सिर्जना हुनसक्ने तथ्यलाई आत्मसात गर्दे नेपाली काँग्रेस नुवाकोट जिल्लाका कोरोना संक्रमितहरुको उपचारको सहजताका लागि धेरै सहयोगी हातहरुसंगको सहकार्यका साथ क्रियाशिल भएको व्यहोरा अवगत गराउँदछु ।
यसै सन्दर्भमा नुवाकोट जिल्लामा कोरोना संक्रमित भई अक्सिजन र सुरक्षित एकान्तवासको अभाव झेल्दै आएका मानिसहरुलाई चिकित्सक लगायत स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा राखि उपचार गर्न आवश्यक मापदण्डसहित पुरा गर्ने गरी अस्थायी कोभिड अस्पताल(होल्डिङ सेन्टर) संचालनको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराउँदछु ।
जिल्लाका नागरिकहरुलाई कोरोना सम्वन्धी उपचारमा कुनै प्रकारको समस्या नहोस् भन्ने संचालन गर्न लागिएको अस्थायी कोभिड अस्पताल संचालनका लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सह–महामन्त्री आदरणिय अर्जुननरसिंह केसीवाट १५ थान अक्सिजन सिलिण्डर ,नुवाकोट काठमाडौं सम्पर्क समितिका अध्यक्ष पदमराज पौडेल मार्फत अष्ट्रेलियामा बस्ने नेपालीहरुबाट १६ वेड ,नेपाली काग्रेंस विदुर नपा वडा नं ५ का सभापति राजेन्द्र अर्यालवाट २ वेड , नेपाल पेलेट फिड ईन्डष्ट्रिज प्रालिको तर्फबाट युवा व्यवसायी केशव थापामार्फत २ वेड, विनपा ५ निवासी शिवहरी गजुरेलवाट १ वेड तथा टाकानाथ रिजाल र दामोदर प्याकुरेलबाट १ बेड, गरी कुल २२ वेड प्राप्त भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति नुवाकोट सबै सहयोगी मनहरुप्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ । यसका साथै नुवाकोट उद्योग बाणिज्य संघ आवद्ध ब्यवसायी साथीहरुले आईशोलेसन सेन्टरमा एम्बुलेन्स तथा त्यहाँ रहने बिरामीहरुका लागि एकमहिना सम्म खानाको प्रबन्ध गर्ने तथा शिक्षक संघ नुवाकोटले आइसोलेसन सेन्टरको लागि थप बेड राख्न ठाउँ आवश्यक परेमा आफ्नो भवन समेत प्रयोग गर्न दिने प्रतिबद्धता जनाएको छ , उद्यमी व्यवसायी साथीहरु र शिक्षक संघ नुवाकोटलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
अस्थायी कोभिड अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर सहित ५ वेड र १५ वेड अक्सिजन सहित संचालन हुदै गरेको व्यहोरा जानकारी गराउँदै कोही स्वास्थ्यकर्मी पढाई सकेर खालि रहनुभएको वा स्वयंसेवा गर्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्न सक्नुहुनेछ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिले सामुहिक सहकार्यको आवश्यकता रहेको सन्दर्भमा हामी जिल्लाका नागरिक समाज ,उद्यमी, ब्यवसायी,
सामाजिक संस्था , संचारकर्मीहरु सबैलाई मानव जीवन रक्षालाई एकमात्र उद्धेश्य बनाई सहकार्यका लागि आव्हान समेत गर्दछौं । यसका लागि जिल्ला सभापतिसहितका पदाधिकारीहरु र पार्टीले बनाएको संयन्त्रका साथीहरु चौबिसै घण्टा यहाँहरुको सल्लाह, सुझाव र समस्यामा परेका नागरिकहरुको समस्या समाधानमा क्रियाशिल रहने छन् ।
अहिले असहज अवस्थालाई सबैको सहकार्यबाट मात्र सहज बनाउन सकिन्छ भन्ने हाम्रो मान्यता छ । यो संक्रमणबाट आम नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षा मापदण्डहरुको पूर्ण पालना र राज्यका यस संबन्धि नीतिहरुको अवलम्वन जरुरी छ । कुनै पनि प्रकारको बिपदबाट जोगिन दह्रो आत्मबल महत्वपूर्ण मानिन्छ । नेपाली काँग्रेस नुवाकोट महामारी नियन्त्रण गरी नागरिकको जीवन रक्षा गर्ने यो महाअभियानमा जोडिन सबैपक्षसंग आग्रह गर्दे सबैको सुरक्षित र स्वस्थ जीवनको कामना समेत गर्दछ ।
सहयोग गर्न चाहनेहरुका लागि सम्पर्क ब्यक्तिहरु ः
सुरेन्द्रराज अधिकारी (सचिव) ः ९८४१५३८१३१
शिव दहाल (सचिव) ः ९८५१२३२४०५
जय नेपाल ।
जगदीश्वर नरसिंह केसी
सभापति
नेपाली काँग्रेस, नुवाकोट
सहयोगी दाताको नाम