सिन्धुपाल्चोकमा कोरोनाबाट थप २ जनाको मृत्यु



सिन्धुपाल्चोक,जेठ १७ । जिल्लामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छं । सोमबार मेलम्ची नगरपालिका एक र चौतारा साँगाचोकगढी नगरपालिकाका एक गरी दुईजना संक्रमितको मृत्यु भएको हो ।

बिहान मेलम्ची नगरपालिका वडा नं ८ केउरेनीका ६५ वर्षिय पुरुषको र दिउँसो चौतारा सांगाचोकगढी नगरपालिका वडा नं १ स्याउलेका ८५ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

झण्डै तीन साताअघिदेखि अस्पतालको आईसोलेसनमा बसिरहेका स्याउलेका संक्रमित आइतबार मात्र चौतारा अस्पतालबाट डिस्चार्ज भएका थिए । डाक्टरहरुले आफन्तलाई परामर्श गरेपछि निजलाई घर लगिएको बताइएको छ । डिस्चार्ज भएको भोलिपल्टै उनको मृत्यु भएको हो । यससँगै कोरोनाको दोस्रो लहरमा सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्