नुवाकोटको पञ्चकन्या गाउँपालिकालाई कुल २३ करोड ९२ लाख बजेट, कहाँ कति?



नुवाकोट,जेठ १६ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नुवाकोटमा कुल ३ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जस अन्तर्गत पञ्चकन्या गाउँपालिकालाई २३ करोड ९२ लाख विनियोजन गरेको छ। जिल्लामा सबैभन्दा बढी विदुर नगरपालिकालाई ६० करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी तारकेश्वर गाउँपालिकाले २३ करोड ४ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन भएको छ ।

त्यस्तै बेलकोटगढी नगरपालिकाले ४८ करोड ४५ लाख, ककनी गाउँपालिकालाई ३२ करोड २६ लाख विनियोजन गरिएको छ ।

कुन पालिकालाई कति हेर्नुस्

प्रतिक्रिया दिनुहोस्