आइसोलेशनका बिरामी भेट्न आउँदा घरकै तरकारी तथा दहीदुध ल्याउन पञ्चकन्या गाउँपालिकाको आग्रह
नुवाकोट,जेठ १६ । पञ्चकन्या गाउँपालिकाले आइसोलेशनका बिरामी भेट्न आउँदा घरकै तरकारी तथा दुग्धजन्य पदार्थ ल्याउन आग्रह गरेको छ।
गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कतिपय बिरामीका आफन्तजनले बिरामी भेट्न आउँदा बजारका अस्वस्थ खानेकुरा ल्याउने गरेकाले सकभर घरमै उत्पादन भएका तरकारी तथा दुग्धजन्य पदार्थ ल्याउन सुझाएको हो।
गाउँपालिकाको आइसोलेशनमा हाल: स्थानीय जनप्रतिनिधि तथा कर्मचारीसहित ८ जना संक्रमित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोले बताए ।