बृद्ध भत्ता बढ्यो, साउनदेखि ४ हजार
काठमाडौ,जेठ १५ । सरकारले बृद्ध भत्ता बढाएको छ। बृद्ध भत्ता बढाएर सरकारले चार हजार पुर्याएको हो ।
आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको घोषणा गरे ।
यस अघि बृद्धभत्ता तीन हजार दिईदै आएको थियो । आगामी साउनदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैया प्राप्त गर्नेछन् ।