राष्ट्रपतिद्वारा ४ सय ३० को कैद मिनाहा
काठमाडौं, जेठ १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले चार सय ३० कैदीलाई बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिनुभएको हो ।
नेपालको संविधानको धारा २७६ अनुसार फौजदारी कसुर ९सजाय तथा कार्यान्वयन० ऐन २०७४ को दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतको आधारमा चार सय ३० जनाको बाँकी कैद कट्टा गरी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभयो।