प्रधानमन्त्रीको आह्वान: राष्ट्रिय सहमतिको सरकार बनाऔँ, निर्वाचनमा जाऔँ



काठमाण्डौँ,जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई पुनः राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन र निर्वाचनमा सहभागी हुन आव्हान् गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा संवोधन गर्दै संसदीय व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी हस्ताक्षरमा भएका घटनाक्रम र राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी खारेज गर्ने अवस्था आउनु दुखद भएको भन्दै ताजा जनादेश बाहेकको विकल्प नभएको बताए ।

जेठ ७ गते संसद विघटन गराए पछि पुनः आलोचना खेपिरहेका प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा सर्वदलीय सरकार बनाउन र निर्वाचनमा सहभागी हुन दलहरुलाई अपील गरेका हुन् ।

सरकारले संसद दोस्रो पटक विघटन गर्दै कार्तिक २६ र मंसीर ३ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्