बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु



काठमाडौं, जेठ १४ । नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म ३० लाख १७ हजार ३ सय ७७ जनाको पिसीआर परिक्षण भएको छ भने १ लाख १३  हजार ३ सय ९४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ८०८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्