नुवाकोटमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि



नुवाकोट,जेठ १४ । नुवाकोटमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा जिल्लामा २ सय ४२ जनाको पिसिआर परिक्षण हुँदा ८० जनामा कोरोना संक्रमण पुुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार आज ८० जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार एकसय ६१ पुगेको छ । यस्तै जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार २ सय १७ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये ११ सय ३० जना होम आइसोलेसनमा,४५ जना आइसोलेसन सेन्टरमार र ४२ जना अस्पतालमा उपचार गरिरहेका छन् ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये तारकेश्व गाउँपालिकामा २६ जना, विदुर नगरपालिकामा २३, पन्चकन्या गाउँपालिकामा ९ जना, बेलकोटगढी नगरपालिकामा ८ जना रहेका छन् ।

यस्तै ककनी गाउँपालिकामा ४ जना, दुप्चेश्वर र तादी गाउँपालिकामा समान ३/३ जना , म्यागङ र किस्पाङ गाउँपालिकमा समान २/२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४७ जना कोरोनजा संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ९ सय २३ पुगेको छ ।

नुवाकोटको हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हालसम्म जिल्लामा १३ हजार ९ सय ९८ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्