प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै
काठमाडौ,जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै छन्।
आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने सूर्य थापाले जानकारी दिए।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ।
तर गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको छ।