सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ गतेसम्म थपियो



सिन्धुपाल्चोक,जेठ १३ । सिन्धुपाल्चोक जिल्लामा जारी निषेधाज्ञालाई पुनः एकहप्ता थपिएको छ ।

कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ वजेसम्म निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी निषेधाज्ञा एकहप्ता थपिएको जानकारी दिए । जिल्लामा गत वैशाख २३ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार १४ सम्मका लागि जारी गरिएको थियो ।जिल्लामा हाल २ हजार दुईसय ४२ संक्रमित पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्