वाग्मती गाँउपालिकामा रेडियो झुरझुरे ९०.६ मेगाहर्जको प्रशारण शुरु



मकवानपुर,जेठ १२ । जिल्लाको वाग्मती गाँउपालिकामा सामुदायिक रेडियो, रेडियो झुरझुरे ९०.६ मेगाहर्जको परिक्षण प्रशारण आरम्भ भएको छ ।

विगतकेही समयदेखी अनौैपचारिक रुपमा प्रशारणमा रहेको रेडियो झुरझुरे आजबाट परिक्षण प्रशारणमा गएको हो । वाग्मती सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो झुरझुरे ९०.६ मेगाहर्ज ५ सय वाट क्षमताको हो । केही स्थानमा एफएम रेडियो मात्रैं होईन रेडियो नेपाल समेत सुन्न नसकिने वाग्मती गाँउपालिकामा सामुदायिक रेडियो, रेडियो झुरझुरे ९०.६ मेगाहर्जको परिक्षण प्रसारण शुरुभएपछी स्थानिय नागरिक खुसी भएका छन् । अब वाग्मती गाँउपालिका र रेडियोको प्रशारण क्षेत्रका आम नागरिक/श्रोताले सहज रुपमा सुचना, समाचार, मनोरञ्जन सहित सम्पुर्ण खबर जानकारी पाउने भएका छन् ।

वाग्मती गाँउपालिका वडा न. ४ झुरझुरेमा स्थापना भएको रेडियो झुरझुरे एफएम शुरु भएपछी आम नागरिकले सुचना, समाचार र मनोरञ्जन सहज रुपमा पाउने वाग्मती गाँउ पालिका अध्यक्ष सर्केश घलानले बताउनुभयो । वाग्मती गाउपालिका र यहाको आम नागरिक सबैको लागि यो एउटा महत्वपुर्ण खुसिको खबर भएको बताउँदैं अध्यक्ष घलानले सुचना सबैंको अधिकार भएकोले गाँउपालिकाद्धारा सम्पादन हुने कामबारे पनि अब आम नागरिक सुचित हुने बताउनुभयो ।

जनताले समयमैं सहि सुचना र समाचार पाउन सकुन भनेर बागमती गाउपालिकामा नैं रेडियो सञ्चालन गरिएकोे वाग्मती सञ्चार समुहका अध्यक्ष हस्तबहादुर थिङ्गले बताउनुभयो । उहाँले रेडियो स्थापना गर्न सहयोग गर्नुहुने वाग्मती गाँउपालिका अध्यक्ष सर्केश घलान सहित सिङ्गो गाँउपालिका टिम, यहाका जनप्रतिनिधि, सामाजिक/राजनैतिक व्यक्तित्व, सहित सबैलाई धन्यवाद र आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्