डेढ अर्बको कृषि बजेट ल्याउँदै वाग्मती प्रदेश
काठमाडौं,जेठ ११ । वाग्मती प्रदेशले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि १ अर्ब ५० करोड रुपैयाँको कृषि बजेट ल्याउने तयारी गरेको छ । यो कुल बजेटको ५० प्रतिशत हो । कुल ३ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरिरहेको वाग्मती प्रदेशले कृषिका लागि मात्र ५० प्रतिशत बजेट छुट्ट्याउने तयारी गरेको हो ।
सोमवार एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट (अनाज) ले आयोजना गरेको कोरोना महामारी र वागग्ती प्रदेशमा कृषि बजेटका सवालहरू विषयको भर्चुअल कार्यक्रममा वाग्मती प्रदेशको कृषि मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका अर्थविज्ञ अनुप अधिकारीले कुल बजेटको ५० प्रतिशत बजेट कृषिका लागि खर्च गरिने बताएका हुन् ।
उनका अनुसार कृषिका लागि छुट्ट्याइएको उक्त रकमबाट उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण कर्जा नामक कोष खडा गरिनेछ । त्यसबाट साना तथा अति विपन्न किसानलाई विनाधितो ५ लाखसम्मको कर्जा दिने व्यवस्था गरिने र धितोसहित १० लाख रुपैयाँसम्मको कर्जा ३ प्रतिशत ब्याजमा उपलब्ध गराइनेछ ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले निर्वाहमुखी कृषि प्रणालीलाई निर्यातमुखी बनाउँदै व्यवसायीकरणतर्पm लैजाने गरी बजेट निर्माण भइरहेको बताए ।
कृषि उत्पादनमा वृद्धि गरी आत्मनिर्भरतातर्पm उन्मुख हुने आप्mनो योजना रहेको उनले सुनाए । यस प्रदेशमा दूध कारखाना र चकलेट उद्योग स्थापना भइरहेको बताउँदै लिप्mट सिँचाइबाट पहाडको डाँडामा पानी पु¥याउने काम भइरहेको पनि उनले जानकारी दिए ।
तरकारी तथा फलफूल उत्पादनका लागि यन्त्रीकरणमा जोड दिँदै भक्तपुर, चितवन, सिन्धुली र काभ्रेमा विशेष कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले बताएको छ ।
आगामी वर्ष मकवानपुरमा धूलो दूधको कारखाना स्थापना गर्न लागेको जानकारी मन्त्रालयले दिएको छ । कारखाना स्थापना भएसँगै दूधमा देखिएको धेरैजसो समस्या समाधान हुने विश्वास लिइएको छ । वाग्मती प्रदेशमा अहिले कुल ३ लाख २८ हजार २ सय ९७ हेक्टर खेतीयोग्य जमीन रहेको छ । त्यसमध्ये २ लाख ८९ हजार ६ सय ६२ हेक्टर जमीनमा खेती हुने गरेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा १७ प्रतिशत योगदान रहेको यस प्रदेशमा १३ लाख मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।
चालू आवमा यस प्रदेशले १२ ओटा कोल्डस्टोर निर्माण गरिरहेको छ भने नौओटा कोल्डस्टोर यसै आवमा सम्पन्न हुनेछन् । बाँकी तीनओटा कोल्डस्टोर अगामी आवमा सम्पन्न गरिने मन्त्रालयले बताएको छ ।आर्थिक अभियानबाट