बाँकेमा ४ जना परिवार मिलेर श्रीमतीको हत्या
बाँके,जेठ ५ । श्रीमती हत्याको अभियोगमा श्रीमानसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
मोरङको रंगेली नगरपालिका ३ की २४ वर्षे अनिता यादवको हत्या अभियोगमा श्रीमान बेचन यादव, ससुरा, सासु र देवर विनोद यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
घरदेखि करिब डेढ किलोमिटर दक्षिणमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा अनिताको शव रङ्गेली ३ स्थित तिलुवा चोक नजिकको नहरमा शव मृत अवस्थामा फेला परेपछि घटनाको अनुसन्धानका लागि अनिताका श्रीमानसहित परिवारका ४ सदस्यलाई नियन्त्रणमा लिएको एपसी खड्काले बताए ।