त्रिशुलीको नहरमा मृत भेटिएका वृद्धको पहिचान खुल्यो
नुवाकोट,जेठ ५ । जिल्लास्थित त्रिशुलीको नहरमा मृत भेटिएका वृद्धको पहिचान खुलेको छ।
मंगलबार साँझ नहरमा मृत भेटिएका ब्यक्ति विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका हरिप्रसाद प्याकुरेल रहेको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमको लागि त्रिशुली अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।