घटेको छैन कोरोना संक्रमण दर
काठमाडौं,जेठ ४ । शनिवार र आइतवार कोरोना संक्रमितको संख्या घटेको देखिए पनि सोमवार भने यो संख्या बढेको छ । परीक्षणको संख्या घटेपछि संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणको दर भने घटेको देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा २२ हजार ८७ जनाको परीक्षण गरिएकोमा ९ हजार २४७ जनामा कोरोना संक्रमण देखिएको छ । यो परीक्षणको ४२ प्रतिशत हो । मन्त्रालयले विगत केही सातायता २० हजार भन्दा कम मानिसको पीसीआर परीक्षण गर्दै आएकोमा सोमवार परीक्षण बढाएको हो । मन्त्रालयका अनुसार आइतवार कोरोनाबाट थप २१४ जनाको मृत्यु भएको छ ।
आइतवार १९ हजार ८८३ को र शनिवार १८ हजार ५४८ को परीक्षण गरिएकोमा संक्रमितको संख्या केही घटेको देखिएको थियो । संक्रमणको दर भने आइतवार ३७ प्रतिशत थियो भने शनिवार ४४ प्रतिशत रहेको थियो छ । संक्रमण दर गत साता ५० प्रतिशतभन्दा बढी रहेकोमा विगत १ सातामा संक्रमणको दर स्थिर रहेको देखिएको छ ।
जनस्वास्थ्यविद् डा. शेरबहादुर पुन तत्काल केही भनिहाल्न सकिने अवस्था नरहे पनि तथ्यांक हेर्दा सकारात्मक नतिजा देखिने लक्षण देखिएको बताउँछन् । ‘परिवारभित्र संक्रमण पैmलिएकाले अहिले त्यसको नतिजा देखिइरहेको छ भने समुदायस्तरमा चेन केही मात्रामा ब्रेक भएको देखिएको छ,’ उनले भने, ‘केही साता कडाइका साथ निषेधाज्ञा पालना गरे संक्रमण घट्दै जाने संकेत देखिएको छ ।’ उनले अहिलेसम्मको तथ्यांकलाई हेर्दा आगामी साताबाट संक्रमण घट्दै जाने संकेत देखिएको बताए । ‘समुदायस्तरमा भेट भइरहेको छ भने अवस्था फेरि असामान्य हुन्छ,’ उनले भने । संक्रमण घटेर निषेधाज्ञा खोले पनि जनस्वास्थ्यका मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले २ प्रतिशतको तलमाथि मृत्युदर देखिन्छ,’ उनले भने ।
बिरामी स्वयंलाई अक्सिजन व्यवस्थापन गर्न लगाए कारबाही
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको व्यवस्था बिरामी तथा बिरामीका आफन्तलाई गर्न लगाउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । सोमवार विज्ञप्ति निकाल्दै मन्त्रालयले आईएमयूमार्फत तथ्यांकमा आधारित भई स्वीकृत मापदण्डअनुसार देशभरका अस्पतालमा अक्सिजन उपलब्ध गराइरहेको बताउँदै बिरामीलाई अक्सिजनको व्यवस्थापन गर्न नलगाउन निर्देशन दिएको हो ।
‘केही अस्पतालले अक्सिजन जस्तो औषधीय विषय बिरामी वा आफन्तले नै लिएर आउने भए मात्र उपचार गर्ने भन्ने सुन्नमा आएकामा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । अस्पतालले बिरामीलाई अक्सिजनको जोहो गर्न लगाए कारबाही गरिने मन्त्रालयका प्रवक्ता डा. समीरमान अधिकारीले बताए । आर्थिक अभियानबाट