गुल्मीमा अक्सिजन प्लान्ट राख्न १ करोड बिनियोजन
गुल्मी,जेठ ३ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने गरि बजेट बिनियोजन भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव जंग नेपालीले बताए ।
गुल्मी अस्पतालमै ५ बेडको आइसियु स्थापनाका लागि थप रकमको प्रबन्ध गने भएको छ । त्यस्तै रुरु, श्रृंगा र जोहांग ( खैरेनी) प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी गरिएको नेपालीले बताए ।
जिल्लामा कोरोना संक्रमितहरु १ हजार भन्दा वढि भइसकेका छन् । जसले गर्दा अक्सिजन अभाव हुने गरेको छ । प्लान्टस्थापना गर्न रकम बिनियोजन भएपछि नागरिक स्तरबाट आभार प्रर्कट गरेका छन् । जिल्लामा गुल्मीका पत्रकारहरू अक्सिजन अभियानमा सञ्चालन गरेर रकम संकलन गरिरहेका थिए । गत वैशाख २५ गतेबाट अक्सिजन प्लान्ट स्थापना अभियान जेठ १ गते रातिसम्म ३६ लाख ६३ हजार सहयोग संकलन भएको अभियन्ता तारा भुसालले बताए ।
पछिल्लो समय पत्रकार महासंघ गुल्मीको अक्सिजन प्लान्टे अभियानलाई चौतर्फी रूपमा स्वागत र साथ रहेकाले छ । अक्सिजन प्लान्ट अभियानमा पूर्वमन्त्री गोर्कण विष्टले १० लाख सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन् भने पूर्वसभासद् तथा कांग्रेस नेता चन्द्र भण्डारीले पनि अभियानमा ऐक्यबद्धता जनाएका छन् ।
गुल्मी उद्योग वाणिज्य संघले पनि पत्रकार महासंघको अभियानमा ऐक्यबद्धता जनाउँदै करिब १५ लाखभन्दा बढी सहयोग संकलन गरिसकेको छ । महासंघले अहिले अक्सिजन खरिद गरेर गुल्मी अस्पताल र रेसुङ्गा अस्पतालका बिरामीहरूको आवश्यकतालाई मध्यनजर वितरण गरेको छ ।
पत्रकार महासंघले आफ्नै कार्यालय भवनमा ५ शय्याको आइसोलेसन स्थापना गरेको छ ।