ककनीकी उपाध्यक्षले दिइन् आफुले चढ्ने गाडी कोभिड व्यवस्थापनका लागि
नुवाकोट,जेठ ३ । जिल्लाको ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता खतिवडाले आफूले चढ्दै आएको सरकारी गाडी कोभिड व्यवस्थापनका लागि गाउँपालिकालाई जिम्मा लगाएकी छन् ।
कोरोना महामारीका समयमा विद्यमान लकडाउनको समयलाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य उपचार तथा आवातजावतका लागि आफूले चढ्दै आएको प्रदेश नम्बर ३-०२००६-५१२३ नम्बरको पिकअप दिने निर्णय गरेको साझापथसंग बताइन् ।
महामारीसंगको कठिन परिस्थितिमा नागरिकको साथै रहने प्रतिबद्धताका साथ आफू अनवरत लागिपरेको समेत उपाध्यक्ष खतिवडाले बताइन् । यस घडीमा समस्या पर्दा जोकोहीले आफूलाई सम्पर्क गर्न सकिने उपाध्यक्ष खतिवडा बताउछिन् ।
ककनी गाउँपालिकामा हाल ५ बेडको आइसोलेशन रहेको छ भने तीनवटा एम्बुलेन्स तयारीका साथ राखिएको वडा नम्बर ४ का अध्यक्ष दिपेश तामाङले बताए । गाउँपालिकामा हाल ३५ जना संक्रमित होम आइसोलेशनमा उपचाररत छन् ।