नुवाकोटमा थप ५५ संक्रमित, २७ डिस्चार्ज
नुवाकोट,जेठ २ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमित थपिएका छन । कुल १०२ जनाको नमूना पीसीआर र १२ को एन्टिजेन परीक्षण गरिएकोमा ३७ पुरुष र १८ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए।
कार्यालयकाअनुसार सक्रिय संक्रमितको संख्या ६९३ पुगेको छ। जिल्लाभरका अस्पतालमा ५३, स्थानीय तहले निर्माण गरेको क्वारिन्टिनमा ६ जना र ६३४ जना होम आईसोलेसनमा रहेका छन् ।
आईबारको तथ्यांकअनुसार थप सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका २३ जना, बेलकोटगढीका २ जना, किस्पाङका ८ जना, लिखु र तादीका ५/५ जना, शिवपुरी र दुप्चेश्वरका ४/४ जना, म्यागङका २ जना, पन्चकन्या र तारकेश्वरका १/१ जना रहेका छन् । योसँगै नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या २ हजार ६६ पुगेको छ ।
हाल विदुर नपाका ३४३, बेलकोटगढीका ५८, ककनीका १, सुर्यगढ़ीका १२, लिखुका ४७, शिवपुरीका ३७, पन्चकन्याका १६, दुप्चेश्वरका २१, तादीका ३१, किस्पाङका ४५, म्यागङका १६ र तारकेश्वरका ६६ जना होमआईसोलेसनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २७ जना डिस्चार्ज भइ घर फर्केका छन् भएका छन्। जिल्लामा २४७ क्वारेन्टाइन बेड रहेको छ।