संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त
काठमाडौं,वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि उनि स्वतः पदमुक्त भएका हुन् ।
प्रस्तावमा प्रधानमन्त्री पक्षलाई ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहेका छन् ।
प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत प्राप्त गर्नुपर्थो। संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् ।