बाँकेमा जेष्ठ ३ गते राति १२ बजे निषेधाज्ञा बढाइयो
बाँके,वैशाख २७ । जिल्लामा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । सोमबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञालाई बढाएर जेष्ठ ३ गते राति १२ बजेसम्म पुर्याइएको जनाएको छ ।
सो अवधि सकिएपछि पुनः जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख २७ गते (आज) सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । तेस्रो चरणमा बढाइएको निषेधाज्ञाको अवधि आज राती १२ बजेबाट सकिदै गर्दा जिल्लामा कोरोना संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पुनः निषेधाज्ञाको अवधि बढाइएको छ ।
जिल्ला प्रशासान कार्यालय बाँकेले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी जेठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी आदेशमा उक्त कुरा उल्लेखछ ।
प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गरिएकोछ । जिल्ला प्रशासन कार्यालयको यस्तो आदेश अवेज्ञा गर्ने वा काममा बाधा पु¥याउनेलाई संक्रामक रोग ऐन २०२०, स्थानीय ऐन २०२८ बमोजिम कारबाही गरिने प्रजिअ गेलालले जानकारी दिए ।