नुवाकोटमा पर्ने मध्य पहाडी लोकमार्ग अन्तर्गत छहरे-शिवालय कालोपत्रे सुरु [भिडियो ]



नुवाकोट,वैशाख २५ । मध्य पहाडी लोकमार्ग अर्थात पुष्पलाल मार्ग अन्तर्गत पर्ने नुवाकोटको छहरे-शिवालय सडक कालोपत्र सुरु भएको छ। १ अर्ब बजेट योजनामा निर्माण भैरहेको सडक मार्गको यस खण्डमा पर्ने ड्रेन तथा नाली निर्माण सम्पन्नसंगै कालोपत्रे सुरु गरिएको मध्य पहाडी मार्गका सुपरभाइजर हरि सिटौलाले बताए ।

तराई छिचोलेर बन्ने पूर्व-पश्चिम (महेन्द्र) राजमार्गको विकल्प मानिएको मध्यपहाडी लोकमार्गको नुवाकोट छहरे-शिवालय अन्तर्गतको ३ किलोमिटर सडक हाललाई कालोपत्र हुने सुपरभाइजर सिटौलाले बताए। कतिपय प्राविधिक तथा स्थानीय समन्वय बिना काम अगाडि बढाउन नसकिने भएकाले कालोपत्रेमा ढिलाइ भएको सडकका इन्चार्ज मित्रलाल भुर्तेलले बताए। उनले वैशाख भित्रै कालोपत्र सम्पन्न गर्ने बताइएपनि निर्माणका क्रममा ढिलाइ भएको बताए ।

यता सडक डिभिजन कार्यालयले भने आर्थिक वर्ष ०६४/६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग अर्थात पुष्पलाल मार्गको सम्पूर्ण ट्रयाक खोल्ने काम पूरा भइसकेको र चरणबद्ध कालोपत्र हुँदै जाने बताएको छ ।

कालोपत्रका क्रममा छहरे-शिवालय अन्तर्गत सेउली नजिकैको सडक

२४ जिल्ला जोड्ने १७ सय ६५ किलोमिटर बाटो

करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर शुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको छ ।

पूर्वमा नेपाल-भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल-भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।

यो लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्नेछ ।

कुन-कुन जिल्लाबाट लोकमार्ग ?

मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।

मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।

मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।

त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ ।

यो मार्गको मध्यविन्दू नुवाकोटको पाटी भन्ज्याङलाई बनाइएको छ । शुरुमा काठमाडौं जोड्ने भनिए पनि पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोटतिर लगिएको हो ।

कालोपत्रे जारी

देशकै पूर्व-पश्चिम जोड्ने १७ सय ६५ मिलोमिटर लामो उक्त लोकमार्गको केही भागमा स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि भइरहेको छ । गत वर्षहरुमा पूर्वमा ३० र पश्चिममा ३० किलोमिटर भन्दा बढी कालोपत्रे हुने चरणमा छ ।

बेला-बेला आउने मुआब्जा वितरण विवाद, निर्माण सामाग्री अभाव, सार्वजनिक खरिद सम्बन्धी ऐन र अन्य विविध कारणले लक्ष्यअनुसार काम हुन नसकेको सडक डिभिजन कार्यालयले बताउदै आएको छ ।

दश वर्षमा सम्पन्न गर्ने भनिए पनि मध्य पहाडी लोकमार्गको काम जसरी भइरहेको छ, त्यो हेर्दा सम्भव देखिँदैन ।

राष्ट्रको गौरव

विभागका अनुसार १ हजार ७ सय ६५ किलोमिटर लामो मध्यपहाडी लोकमार्गको चौडाई साढे ८ मिटरको दुई लेन हुनेछ । यो लोकमार्गमा चल्ने सवारी साधनको गति ५० किलोमिटर प्रति घण्टा तोकिनेछ ।

नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गका लागि सरकारले बजेटमा कञ्जुस्याइँ गरेको छैन । तर, पनि काम भने सोचेजस्तो हुन सकेको छैन ।

मध्यपहाडी लोकमार्ग नेपालको सम्वृद्धिको एउटा प्रमुख मेरुदण्ड बन्नेछ ।  एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व-पश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

जहाँ बजारहरु बन्नेछन्

मध्यपहाडी लोकमार्ग बनेपछि पहाडी जिल्लाका केही बस्तीहरु ठूला शहरमा परिणत हुनेछन् । जसको विकास शुरु भइसकेको छ । लोकमार्गले जोड्ने प्रमुख स्थलहरु यस्ता छन्-

पूर्वाञ्चल

चियोभन्ज्याङ्ग, च्याङ्गथपु, ओयाम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोरनदी, सक्रान्ती बजार, म्याङ्गलुङ्ग, बसन्तपुर, हिले, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, टोक्सेलघाट (घुर्मी) ।

मध्यमाञ्चल

घुर्मी, खुर्कोट, नेपालथोक, पाँचखाल, बाहुनेपाटी, पाटिभञ्ज्याङ्ग, छहरे, त्रिशुली, सल्यानटार ।

पश्चिमाञ्चल

आरुघाट, पालुङटार, भोर्लेटार, कालिका, हेम्जा, कुष्मा, बागलुंग, बुर्तिबाड., निसी ।

मध्य पश्चिम

पातिहाल्ने, लुकुम गाउँ, मुसीकोट, चौरजहारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकांध, सातला र साइजिउला ।

सुदुर पश्चिम

बेलखेत, बिनायक, मंगलसेन, सांफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबांझ, बैतडी र झुलाघाट ।

प्रतिक्रिया दिनुहोस्