कोरोनाबाट कैलालीमा संविधान सभा सदस्य रबनी चौधरीको निधन
कैलाली,वैशाख १९ । कोरोना भाइरसको संक्रमणबाट कैलालीमा संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ। चौधरीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
पारिवारिक श्रोतका अनुसार उनी कलेजो र मृगौलाको रोगले समेत ग्रसित थिइन । उनी बिरामी परेपछि शनिबार मात्रै अस्पताल भर्ना गरिएको थियोे । कोरोना परीक्षण गराउँदा उनको आज रिपोर्ट पोजेटिभ आएका थियो । उनको एक्कसी स्वास्थ्यमा समस्या आएपछि निधन भएको उनका श्रीमान मोतीलाल चौधरीले बताए।
चौधरी जिल्लाको लम्कीचुहा नगरपालिका–६ निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभा सदस्य थिइन्। नेपाली काङ्ग्रेसकी युवा नेत्री समेत रहेकी चौधरीको मुक्त कमैयाँ आन्दोलनमा समेत उल्लेखनीय योगदान रहेको थियो ।