पोखरामा उपचाररत ८ जना संक्रमितको मृत्यु
पोखरा,वैशाख १९ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको ज्यान गएको श्रोतले जनाएको छ।
मृत्यु हुनेमा कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एक/एक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए ।