तुलसीपुरमा कारभित्र भेटिएका ३ जनाको शवको पहिचान खुल्यो



दाङ,वैशाख १९ । दाङमा पार्किङ गरेर राखेको भारतीय कारमा फेला परेका ३ जनाको शवको पहिचान भएको छ। शनिबार साँझ साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा पार्र्किङ गरेर राखिएको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शव फेला परेको थियो।

उनीहरु सोही ठाउँका ३ जना बालक रहेको प्रहरीले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि सिवबहादुर सिंहका अनुसार मृत फेला पर्नेमा भिम बहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्न परियार र किरण परियारका वर्ष ७ कै करण परियार रहेका छन् । उनीहरु ४ दिन अघि बैशाख १६ गते घरबाट बेपत्ता भएका थिए ।

कर ३ महिना अघि पार्किङ गरेर राखिएको थियो । जसमा बालकको शव भेटिनुलाई रहस्यमय रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्