श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ : प्रधानमन्त्री
काठमाडौैं,वैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताउनु भएको छ । अन्तरराष्ट्रिय मजदूर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले न्यूनतम पारिश्रमिक पुनरवलोकन गरी मासिक १५ हजार रुपैयाँ हुने व्यवस्था गरिने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने उद्घोष गर्नुभएको हो । प्रधानमन्त्री ओलीका अनुसार सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी छ । स्वास्थ्य सेवालाई भरपर्दाे बनाउन सरकार लागिपरेको उहाँको भनाइ छ । श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानूनी रूपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाई श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवर्द्धन गरेको उहाँले बताउनुभयो ।
आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकको १ लाख रुपैयाँ बराबरको बीमा गरिएको प्रम ओलीको भनाइ छ ।
यसैबीच, श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माग गरेका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले निषेधाज्ञाका कारण आमनागरिक, श्रमिक र साना व्यवसायीको जीवन कष्टकर बन्दै गएकाले उचित राहत र सहयोगको कार्ययोजना अविलम्ब ल्याउन माग गरे ।
सभापति देउवाले २००३ सालमा विराटनगरमा कांग्रेसको नेतृत्वमा मजदूरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको भन्दै नेपालको प्रजातन्त्र स्थापनाको आन्दोलनको प्रस्थान बिन्दु नै मजदूर आन्दोलन भएको स्मरण गरेका छन् । आर्थिक अभियानबाट