चट्याङले लियो एक जनाको ज्यान



सुनसरी, वैशाख १८ । चट्याङले आजपनि एक जनाको ज्यान लिएको छ। सुनसरीस्थित गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर शनिबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव रहेका छन्। उनी भैंसी चराउन खेतमा गएको बेला चट्याङ लागेर सख्त घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

चट्याङमा परेर घटना स्थलमै यादवको मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्