काभ्रेमा भोलिदेखि एक साता निषेधाज्ञा



काभ्रे,वैशाख १८ । जिल्लामा एक साता निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार एक सुचना जारी गर्दै भोलि आईतबार मध्यरातिबाट एक साता निषेधाज्ञा जारी हुने जनाएको हो । निषेधाज्ञा भोलि आईतबार राति १२ बजेबाट २६ गते राति १२ बजेसम्म लागु हुने सुचनामा उल्लेख छ ।

निषेधाज्ञाको समयमा काभ्रे जिल्लामा पर्ने अरनिको राजमार्ग अन्तर्गत साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको ५०० मिटर दायाँबायाँ सडक र काभ्रेमै पर्ने वीपीराजमार्ग अन्तर्गत पर्ने धुलिखेलदेखि भकुण्डेबेंसी देखि मंगलटारसम्मको सडकको दायाँबायाँ २०० मिटरसम्म सवारी आवागमन निषेध गरिनेछ ।

उपत्यकासंग जोडिएको काभ्रेमा निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक हिडहुल गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्