रोल्पामा चट्याङ्ग लागेर एक बालकको ज्यान गयो
रोल्पा,वैशाख १७ । रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङका ९ वर्षीय अभिशेख पुनको चट्याङबाट मृत्यु भएको छ ।
गाउँपालिका केन्द्र पोबाङबाट आमासँग घर जाँदै गर्दा जङ्गलमा चट्याङ्ग लागेर ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए । आमालाई सामान्य चोट लागेको छ ।
त्यस्तै चट्याङ्गबाटै परिवर्तन गाउँपालिका २ बागमाराका अमनकुमारी राना र त्रिवेणी गाउँपालिका २ दहवनका कृष्ण केसीको घर आगलागीबाट क्षति भएको प्रहरीले जनाएको छ ।