नवलपरासी रामनगर जेसिज वर्ष २०२१ द्वारा ‘तपाइको माक्स खै’ अभियान
नवलपरासी,वैशाख १६ । पछिल्लो समय विश्वभरि महामारीको रुपमा फैलिरहेको दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसबाट बच्नको लागि पश्चिम नवलपरासीको रामनगर जेसीजले ‘तपाइको माक्स खै’ अभियान मार्फत सचेतता कार्यक्रम गरेको छ ।
जेसिआई रामनगरले बिहिवार सुनवल १२ भुमही बजार क्षेत्र वरिपरि र महेन्द्र राजमार्ग भएर चल्ने लामो तथा छोटो दुरिका सवारीसाधनका चालकहरुलाई माक्स वितरण गर्दै सो अभियान चलाएको हो ।
रामनगर जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी देवीकला शर्माको नेतृत्वमा सञ्चालित सो अभियानमा नेपाल जेसिजका कार्यकारिणि उपाध्यक्ष जेसि भोजराज चापागाईं, सुनवल १२ का वडाध्यक्ष यमलाल पाण्डे, रामनगर जेसिजका सस्थापक अध्यक्ष जेसि डोलराज भण्डारी, रामनगर जेसीजका पूर्व अध्यक्ष जेसि ढुन्डिराज भट्टराई, भुमही विटमा कार्यरत नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरी र रामनगर जेसीज वर्ष २०२१ को पदाधिकारी सहितको टोलिले सर्वसाधारण, व्यवसायी तथा सवारी चालकहरुलाई माक्सको अनिवार्य प्रयोग गर्न,भौतिक दुरी कायम गर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गर्दै जनचेतनामूलक अभियान सञ्चालन गरेको हो ।